धरानमा दुई कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, १३ : १२
धरानमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । 

उनका अनुसार ७४ वर्षीया महिलाको आइतबार बिहान ८ बजेर ३० मिनेटमा भएको हो । उनमा अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या थियो । यसका साथै एक हप्तादेखि उच्च ज्वरो पनि रहेको थियो । 

यस्तै, ६० वर्षीय पुरुषमा पनि अत्यधिक खोकी, सास फेर्न समस्याका साथै ज्वरो देखिएको थियो । उनमा मधुमेश र कलेजोमा समेत समस्या पनि रहेको थियो । उनको अइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको थियो । मृतक दुबैमा आइतबारमात्रै कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस