विद्यालयस्तरको पाठ्यपुस्तकमै फिल्म समेट्ने तयारी

सफल खबर संवाददाता

विहीबार, ११ भदौ २०७७, १४ : १०
विद्यालयस्तरको पाठ्यपुस्तकमै फिल्म समेट्ने तयारी

काठमाडौं । अब विद्यालयस्तरको पाठ्यपुस्तकमै फिल्म समेटिने भएको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले आगामी वर्षबाट सो व्यवस्था गर्न लागेको हो ।

फिल्मको विषय पाठ्यपुस्तकमा समेट्नका लागि पाठ्यक्रम विकास केन्द्रमा पटक पटक छलफल भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए । अर्को बर्ष बाटै पाठ्यपुस्तकमा फिल्म समेटिने धेरै सम्भावन रहेको उनले बताए । 

पाठ्यपुस्तक विकास केन्द्र पनि पुस्तकमा फिल्म समेट्न सकारात्मक देखिएको दाहालको भनाइ छ ।

पाठ्यापुस्तकमा फिल्म समेटिने भएपनि बोर्ड अध्यक्ष दाहाल के कस्ता विषयबस्तु समेट्ने भनेर ब्यापक छलफलमा लागेका छन् । निषेधाज्ञा हटेपनि छलफल चलाउने उनको योजना रहेको छ । छलफलबाट निस्किएका विषयबस्तु नै पाठ्यपुस्तकमा राख्न बोर्डले पहल गर्नेछ ।

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम निर्माण समितिको पदेन सदस्य समेत रहेका दाहालले नेपालका फिल्म कलेजका पाठ्यपुस्तक समेत अन्तराष्ट्रिय स्तरको बनाउन छलफल पनि भएको जानकारी दिए ।

उनले भने, ‘नेपाली कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धनको लागि पनि यो आवश्यक रहेको छ ।

भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गराउने उद्देश्यले पुस्तकमा फिल्मका विषय समेट्न केन्द्र तयार भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस