एजेन्सी । भारतमा एकै दिन पछिल्लो २४ घन्टामा ७६ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिन यतिको संख्यामा भेटिनु अहिलेसम्मकै नयाँ रेकर्ड भएको भारतिय संचारमाध्यमले उल्लेख गरेका छन् ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ। बुधवारमात्रै भारतमा १ हजार ९ जना संक्रमितले ज्यान गुमाएका छन्। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्यामा ६० हजार नाघेको छ ।
यस अघि जुलाई २५ मा अमेरिकामा ७८ हजार ४ सय २७ जना संक्रमित रेकर्ड भएको थियो भने जुलाई १७ मा ७६ हजार ९ सय ३० जना । त्यसपछि भारतमा एकै दिन धेरै संक्रमित देखिएको हो ।
भारतमा यसअघि सबैभन्दा धेरै संक्रमित एकै दिन ७० हजार ४ सय ८८ जनामा देखिएको थियो । यससँगै भारतमा मृत्य हुने कुल संख्या संख्या ६० हजार ५ सय ४३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ भदौ २०७७, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि