आन्तरिक उडान सुचारु गर्ने सरकारकाे तयारी

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, १७ : २९
आन्तरिक उडान सुचारु गर्ने सरकारकाे तयारी

फाइल तस्विर

काठमाडौं । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । 

देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्ण रुपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए ।

निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड आएका छन्, उडान त खोल्नु परिहाल्छ, मंगलबार मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा उनले भने, तर तराईमा तत्काल खुल्दैन ।

यस अगाडि मन्त्रालयले केही गन्तब्यमा चार्टर्ड उडानको तालिका सार्वजनिक गर्दैछ । नियमित उडानका लागि यसअघि नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडानका लागि निवेदन दिएका १३ वटा कम्पनीलाई नै पहिलो चरणमा अनुमति मिल्नेछ ।

उनले सम्भवतः दशै तिहारलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु हुने संकेत गरे । चाडबाडको बेला नागरिकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज हुने कुरामा सरकारले सकारात्मक भएर सोच्ने उहाँले बताए । उनले भने, ‘‘दशै तिहार लगायतका चाडबाडलाई मध्यनजर गर्दै उडान सुरु हुने अपेक्षा गरेका छौँ । एक ठडाउँबाट अर्को ठाउँमा सहज ढंगले जानुपर्छ भन्ने कुरामा सरकारले सोच्नेछ ।’’

आन्तरिक उडानमा स्वदेशी र विदेशी नागरिकलाई भाडादरमा समानता गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस