काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ।
सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको छ। सरकारमातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको हो।
परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले नेपालका लागि रुसी राजदूत अलक्साई नोभिकोभलाई सोमबार भेटेर यससम्बन्धी छलफल गरेका छन्।
रुसी राजदूतले नेपालमै कम्पनी खोलेर खोप उत्पादन गर्न वा खरिद गरेर प्रयोग गर्न सहयोग गर्न आश्वासन दिएको ज्ञवालीले बताए। ज्ञवालीका अनुसार सुरुमा एक हजार डोज खोप उपलब्ध गराउन रुसी राजदूत तयार भएका छन्। मस्कोमा रहेको गेमालेया इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा कोरोना भाइरसविरुद्ध निर्मित खोप रुसले दर्ता गरिसकेको छ। तर यसको तेस्रो तथा अन्तिम चरणको परीक्षण हुन बाँकी छ।
यसैगरी गत साता नेपाल भ्रमणमा आएका अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्र्यु पोलार्डसँग पनि उक्त विश्वविद्यालयले निर्माण गर्न लागेको खोपको नेपालमा परीक्षण गर्न प्रारम्भिक छलफल भएको छ।
परिषद्, विश्व स्वास्थ्य संगठन र विश्वविद्यालयका अधिकारीहरूबीचको छलफल सकारात्मक रहेको सदस्यसचिव ज्ञवालीले बताए। अक्सफोर्ड र औषधि निर्माता कम्पनी अस्ट्राजेनेकाले कोरोनाविरुद्धको खोप परीक्षणलाई अन्तिम चरणमा पु¥याएका छन्।
विश्वका विभिन्न देशमा यसको परीक्षण हुँदैछ। ज्ञवालीले यो खोपको परीक्षण नेपालमा पनि गरिने प्रारम्भिक सहमति भएको तर कतिजनामा गर्ने भन्ने टुंगो लागिनसकेको बताए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ भदौ २०७७, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन