तपाँईको सवारी साधन कति पूरानो छ ? होस् गर्नुस् : ‘सरकारले ल्यायो यस्तो नियम’

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, ०९ : ५३
तपाँईको सवारी साधन कति पूरानो छ ? होस् गर्नुस् : ‘सरकारले ल्यायो यस्तो नियम’

काठमाडौं । तपाँई कति वर्ष देखि एउटै मोटरसाइकल र कार चलाउँदै हुनुहुन्छ ? तपाईको सवारी साधन कति पूरानो छ ? अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार तपाईले चलाईरहनु भएको छ भने अहिले तिरिरहेको भन्दा थप ५ प्रतिशत कर तपाईले तिर्नुपर्ने भएको छ । 

अर्थात सरकारले पूराना मोटरसाइकल र कार चढ्नेहरुलाई वार्षिक थप ५ प्रतिशत कर लगाउने भएको छ । पूराना सवारी साधनबाट वायु प्रदुषण बढ्ने र त्यसले स्वास्थ्यमा गम्भिर असर गर्ने भएकोले कारवाही स्वरुप थप ५ प्रतिशत कर लिन लागेको हो । त्यस्तो ५ प्रतिशत थप करलाई  ‘बुढो कर’ नाम दिइने भएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को प्रावधानमा टेकेर ५ प्रतिशत बुढो कर लिन लागेको हो ।   

वायु प्रदूषण न्यूनीकरण गर्न यस्तो ब्यवस्था गर्न लागिएको सरकारले जनाएको छ । यस अगाडी सार्वजनिक सवारी साधनका हकमा निश्चित वर्ष निर्धारण गरेर चल्न दिने निर्णय सरकारले गरेको थियो । नीजिका हकमा कुनै यस्तो ब्यवस्था नभएकोमा अहिले भने नीजिलाई पनि कस्न यस्तो ब्यवस्था गर्न लागेको हो । 

सार्वजनिक सवारी साधनमा उत्पादन भएको २० वर्षपछि चलाउन नपाइने र त्यस्ता सवारीलाई पत्रु (स्क्राप) गर्नुपर्ने ब्यवस्था गरिएको थियो । बाग्मती प्रदेश सरकारले बनाएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ मा पनि १४ वर्ष कटेका कार तथा मोटरसाइकलमा वार्षिक करमा ५ प्रतिशत अतिरिक्त कर लगाउने व्यवस्था छ ।

अब सडकमा गुडिरहेको जुनसुकै बेला ट्राफिक प्रहरीले बिलबुक चेक गर्ने क्रममा पनि १४ वर्षभन्दा पुरानो निजी सावारी साधन चलाउने सवारी धनीहरूलाई यस्तो अतिरिक्त कर लाग्ने बारेमा जानकारी दिने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस