वीरगन्जका मेयर सरावगी २५ दिन पछि कोरोना मुक्त

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, ०८ : ३७
वीरगन्जका मेयर सरावगी २५ दिन पछि कोरोना मुक्त

काठमाडौं । वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी २५ दिनपछि कोरोना मुक्त भएका छन् । १४ साउनमा कोरोना संक्रमण पुष्टि भएका उनी आज संक्रमण मुक्त भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनी संक्रमण भएसंगै सामाजिक सन्जालबाटै आफु संक्रमित भएको पनि सार्वजनिक गरेका थिए । काठमाडौंकै एक अस्पतालमा उपचाररत उनलाई १२ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

बुबासहित परिवारका सदस्यहरूसमेत संक्रमण भएका थिए। उनका बुबा अझै अस्पतालमा भएको र आफूसहित अरू परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ उनले आएको बताएका छन्। बुबाको काठमाडौंस्थित ग्राण्डी अस्पतालको सघन कक्षमा उपचार भइरहेको र स्वास्थ्यमा खासै सुधार आउन नसकेको उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस