जन्मदिनको अवसरमा दीपाले भनिन्, ‘अब गल्ती गर्दिनँ

रासस

आइतबार, ०७ भदौ २०७७, १२ : २०
जन्मदिनको अवसरमा दीपाले भनिन्, ‘अब गल्ती गर्दिनँ

काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको  दीपाश्री निरौलाको आज जन्मदिन परेको छ । आजबाट उनी ४६ वर्ष लागिन् ।  दिनको अवसरमा उनलाई विभिन्न माध्यबाट शुभकामनाका प्राप्त भइरहेका छन् ।

जन्मदिनकै अवसर पारेर उनले  फेसबुकमा दर्शकको लागि भिडियो सन्देश पोस्ट गरिन् । दर्शकसँग ७ मिनेट माग्दै निरौलाले लेखेकी छन्, ‘धेरै दिन देखि म तपाईँहरुसँग टाढा थिएँ, त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु, आज गते पनि ७, तपाईहरुसँग ७ मिनेट मागे है !’

केही समयपछि सार्वजनिक अभिव्यक्ति समेत राखेकी छन् । विशेष गरेर ‘महानायक’ विवादपछि मिडिया, सामाजिक सञ्जाललगायतमा कुनैपनि माध्यमबाट सार्वजनिक अभिव्यक्ति नदिएकी दीपाले ‘महानायक’ विवादको विषयमा फेरि दर्शकसँग हात जोडेर माफी मागेकी छन् ।

प्रतिक्रिया दिनुहोस