बारा । बारा जिल्लाको पचरौता नगरपालिका ९ स्थित कालाबन्जरबाट सशस्त्र प्रहरीको टोलीले ४३ किलो ६ सय ग्राम गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस तेलकुवाबाट खटिएको टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो ।
गाँजा लिएर जाँदै गरेका व्यक्तिहरु सशस्त्रको टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडेर भागेपछि बरामद गरिएको हो ।
बरामद गाँज जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ भदौ २०७७, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ