काठमाडौं । कोरोना संकटअघि बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिएकामध्ये ४ हजारभन्दा बढी युवा विदेश जान पाएका छैनन् । सरकारले विदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि श्रम गन्तव्य मुलुकसँग कूटनीतिक पहल नगर्दा विदेश जान नपाएका हुन् ।
हालसम्म ५ हजार ५ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएको भए पनि युएई र जापानबाहेक अन्य देश जाने ४ हजार भन्दा बढी युवा जान पाएका छैनन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अन्तरर्राष्ट्रिय उडान सुरु नभएका कारण श्रम स्वीकृति लिएका नेपाली विदेश जान नपाएको बताए ।
“श्रम स्वीकृति लिएकामध्ये यूएईलगायत केही देशमा भने नेपाली गएका छन्,” प्रवक्ता घिमिरेले भने, “अन्य देश जाने श्रमिकको हकमा भने कसरी पठाउने भन्नेबारे कुटनीतिक पहल गरिने बताए ।” कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०५ भदौ २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन : श्रम मन्त्रालय
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिने
श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो