काठमाडौं । पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन थालेको छ । उनले भने, ‘मुख्यतः संक्रमितमा ज्वरो र खोकी लागेको छ । केही संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ ।’
स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले पनि संक्रमण थप जटिल बन्दै गएको बताए । उनले भने, ‘लक्षणसहितका संक्रमितमा सास फेर्न अप्ठेरो भएको पनि छ । बिस्तारै यो क्रम बढ्न सक्छ ।’ अधिकांश जिल्लामा सक्रिय संक्रमित हुनेहरूमा दीर्घ रोगी रहेका छन् ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ भदौ २०७७, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण