काठमाडौं । २२ घरका १७ जनाका करोडौ सपना एकरातको बाढीले बगाएको छ । मंगलवार राति अछामको रामारोशन गाउँपालिकामा आएको बाढीले २२ घरसहित १७ जना बेपत्ता भएका छन् ।
मंगलवार राति खाना खाएर सुतेका १७ जना निद्राबाट बिउझिन नपाउँदै बेपत्ता हुनुप¥यो । बेपत्ता १७ मध्ये ७ जना बुधवार मृत अवस्थामा भटिए । भौगोलिक विकटताले सदरमुकामदेखि टाढा रहेको रामारोशन गाउँपालिकाले यो वर्ष बाढीबाट करोडौंको क्षतिका साथै ठूलो संख्यामा मानवीय क्षति बेहोर्नुप¥यो ।
सैनिबजारमा होटेल व्यवसाय गरी बसोबास गर्ने नन्दसिंह साउदको सात जनाको परिवार पूरै बगेको छ । नन्दसिंह साउदसहित पत्नी गंगा, छोरी कविता बुढा साउद, छोरा नवीन, रुपेश, नातिनी प्राप्ति र बीमा तथा बुहारी जोगालाई बाढीले बगाएको छ ।
नन्दसिंह साउदको हजारौ सपनासहितको परिवार मंगलवारको बाढीले एकरातमै बगाएको छ । नन्दसिंह साउदको होटलमा बसेका अरु दुई पाहुनासमेत बगेको बुझिएको छ । जसमध्ये नवीनको शव भेटिएको छ । यस्तै सैनीबजारका सुनचाँदी व्यवसायी मीनबहादुर सुनारका छोरालाई निद्रा नपर्दा मीनबहादुरको परिवार जोगियो । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ भदौ २०७७, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम