कोरोना सन्त्रास : न्यायालयका काम गम्भीर रूपमा प्रभावित

पत्रपत्रिकाबाट

बुधबार, ०३ भदौ २०७७, ०८ : ४१
कोरोना सन्त्रास : न्यायालयका काम गम्भीर रूपमा प्रभावित

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसंगै सर्वोच्च अदालतका काम गंभीर ढंगले प्रभावित भएका छन् । सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या तीन पुग्दा न्यायिक काम गंभीर रुपले प्रभावित भएको हो ।

मंगलबार मात्रै थप दुई कर्मचारीमा कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएपनि न्यायालयका काम भने पहिल्यैदेखि प्रभावित छन् । एकसय सत्तरी जना कर्मचारीको शनिवार संकलन गरिएको स्वावको रिपोर्ट आउ‘दा मंगलबार तीनजनामा पोजिटिभ देखिएपछि न्यायालयमा त्रास बढेको छ।

बन्दीप्रत्यक्षीकरण र अति जरुरी मुद्दाको मात्रै सुनुवाईको प्रबन्ध गरिएपनि कर्मचारीहरुमा कोरोना सर्ने डरले त्रसित भएर काम गर्नुपर्ने अवस्था आएको भन्दै बन्दीप्रत्यक्षीकरणको सुनुवाई बाहेक सबै सुनुवाई रोकिनुपर्ने आवाज कर्मचारी संगठनहरुले उठाएका छन्। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस