राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, १८ : ३२
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । 

पारिवारिक स्रोतका अनुसार आज मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको कपुरधारास्थित निवासमै निधन भएको हो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस