लहान । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो ।
करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि पति र सासूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।
पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए । घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृतकका बुवा चन्दरले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ भदौ २०७७, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण