काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा आठ फरार अपराधी पक्राउ गरिएको छ ।
प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले सुर्खेतमा चेक अनादर, जालसाज र जुवामा एकएक गरी तीन जनालाई पक्राउ गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा कुटपिट र लुटपाटका एकएक गरी दुई जना पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले छ महिनाको कारागारको सजाय फैसला सुनाइएको लागुऔषधका एक फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरी प्रवक्ता बाँस्तोलाले बताउनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले अंश मुद्दाका एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ ।
उहाँका अनुसार दुई वर्ष छ महिना कारागार सजाय सुनाइएका लागुऔषधका फरार अभियुक्तलाई पक्राउ गरी सम्बन्धित जिल्लाका अदालतमा बुझाएर फैसला कार्यान्वयन गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ भदौ २०७७, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ