‘रेड जोन’मा चितवन , थप ११ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, ०७ : १९
‘रेड जोन’मा चितवन , थप ११  जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ५  सय ६८  वटा नमुनाको परीक्षणमा चितवनका  १० सहित ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

भरतपुर महानगरपालिका ७ जनामा कोरोना पुष्टि भएको हो भने र राप्ती नगरपालिकाका ३  जनामा कोरोना संक्रमण पुष्टि हो ।  यस्तै हेटौंडा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । 

‘रेड जोन’मा चितवन
चितवन जिल्ला कोरोना भाइरसको ‘रेड जोन’मा पुगेको छ । सरकारले २०० कोरोना संक्रमित कटेको जिल्लालाई ‘रेड जोन’भित्र राख्दै आएको छ । 

चितवन जिल्लामा आजसम्म कोरोना संक्रमितको संख्या २१० पुगेको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले दिएको जानकारीअनुसार हालसम्म चितवन जिल्लामा संक्रमितको संख्या २०९  पुगेको र यो अझै बढ्नेक्रम जारी छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार २०० संक्रमितको संख्या नाघेको जिल्लालाई रेड जोनमा राखिन्छ ।