विद्युतीय सार्वजनिक सवारीसाधनमा इपेमेन्ट शुरु

रासस

आइतबार, ३२ साउन २०७७, २१ : ०७
विद्युतीय सार्वजनिक सवारीसाधनमा इपेमेन्ट शुरु

file-photo

काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय माध्यमबाट रकम भुक्तानीे (इपेमेन्ट) गर्न मिल्ने स्मार्ट कार्ड आजदेखि सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आइपेड प्राइभेट लिमिटेडसँगको सहकार्यमा सार्वजनिक यातायातसहित अरु सबै सानाठूला सवारी साधनमा इपेमेन्ट गर्न सकिने स्मार्ट कार्ड  प्रयोगमा ल्याएको हो । 

उक्त कार्डमार्फत जुनसुकै सवारी साधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेछ । रु दुई सयको कार्डले रु २५० को यात्रा गर्न सकिने प्रालिले जनाएको छ । सो सेवा देशव्यापी बनाइने लक्ष्य रहेको प्रालिका प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस