सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् ।
आज बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३१ साउन २०७७, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा