कोरोना हटस्पट : वीरगंजमा गरिएको परिक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, ११ : १७
कोरोना हटस्पट : वीरगंजमा गरिएको परिक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज ।  वीरगंजको नारायणी अस्पतालका गरिएको परिक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमित हुनेहरुमा पर्साका २६ जना रहेका छन् ।

ति मध्ये १२ जना नारायणी अस्पतालकै स्वास्थ्यकर्मी एवं कर्मचारी रहेको बताईएको छ । त्यसैगरि बारा सिमराका १९ जना रहेका छन् । संक्रमित हुनेमा एकजना भारतिय महावाणिज्य दुतावासका एक जना कर्मचारी समेत   रहेका छन् । त्यसैगरि महोत्तरीका २ जना र बारा विश्रामपुरका एकजना रहेका छन् ।  

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर  मदनकुमार उपाध्यायका अनुसार १२ महिलासहित दुई वर्षदेखि ६९ वर्ष उमेर समूहका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको एनआईसीयू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एक–एकजना स्टाफमा कोरोना देखिएको हो। अस्पतालका ३ जना स्विपर, ३ जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस