बिहीबारदेखि सवारी पास वितरण बन्द गर्ने गृह मन्त्रालयको निर्णय

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०७७, २० : २५
बिहीबारदेखि सवारी पास वितरण बन्द गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौं । कोरोना संक्रमण फैलँदै गएपछि बिहीबारदेखि सवारी पास वितरण बन्द गर्ने गृह मन्त्रालयको निर्णय गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए ।

गत साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले काठमाडाैं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा अतिआवश्यक बाहेक अन्तरजिल्ला आवागमन बन्द गरेकाे थियाे । अति आवश्यक कामले सवारीसाधन लिएर अन्तरजिल्ला जानु परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनु पर्दथ्याे ।

तर गृहले अर्काे व्यवस्था जारी नभएसम्मका लागि भन्दै पास जारी नगर्न भनेकाे हाे ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस