आइसोलेसनमा बसेका नेकपा महासचिव विष्णु पौडेल फेरि सक्रिय

दुई अध्यक्षका बीचमा सम्वाद ठप्प भईरहदा पौडेल सक्रिय

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०७७, ०८ : ५६
आइसोलेसनमा बसेका नेकपा महासचिव विष्णु पौडेल फेरि सक्रिय

काठमाडौं । अंगरक्षक (पिएसओ) लाई कोरोना संक्रमण देखिएपछि सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेल आफै आइसोलेसनमा बसे । गत आइतबार उनका पिएसओमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तर त्यही बेलाको परिक्षणमा महासचिव पौडेलको परिक्षण भने नेगेटिभ आएको थियो । सँगै एउटै गाडीमा हिडडुल गर्ने पिएसओमा संक्रमण देखिएपछि पौडेल आफ्नै निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका थिए ।

दुई दिन आइसोलेसनमा बसेर पूनः कोरोना परिक्षण गराउदा नेगेटिभ नै देखिएपछि भने पौडेल मंगलवार साझवाट भने पुन राजनीतिक भेटघाटमा सक्रिय हुन थालेको उनी निकट स्रोतले बताएको छ । सत्तासिन दलमा चर्केको अन्तरविरोध समाधानको सूत्र पहिल्याउन पौडेल केही समय देखि निक्कै सक्रिय थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथीको संकट ब्यवस्थापनका लागि ओलीको पक्षमा लागेर पौडेल कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले वामदेव निवास र कहिले बालुवाटार धाउने गर्दथे । तर दुई दिन आइसोलेसनमा बसेर मंगलबार साँझबाट फेरि पौडेल सक्रिय हुन थालेको उनी निकट नेताहरुको भनाई छ । 

उनले मंगलबार नै प्रधानमन्त्री केपी ओलीसँग बालुवाटार र उपाध्यक्ष वामदेव गौतमलाई गौतमको छोरा हरिसको नागपोखरीमा रहेको अफिसमा भेटघाट गरेको ति नेताले बताए । उपाध्यक्ष गौतमलाई कहिले ओलीको क्याम्पमा लैजान, कहिले ओलीलाई सहज हुने गरी प्रस्ताव तयार पार्न लगाउन उनले नै भूमिका खेलिरहेका थिए । अहिले फेरि उनी सक्रिय हुन थालेका हुन् । 

दुई अध्यक्षका बीचमा सम्वाद ठप्प भईरहदा पौडेल सक्रिय भएका हुन् । अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक राख्ने गरी ओली सहमतिमा आउनु पर्ने, नत्र एउटै विषयमा मात्र कति कुरा गर्ने भन्दै निश्र्कष निस्कने छलफलमा मात्र आफु बस्न तयार रहेको बताएका थिए ।

तर वार्ताबाट वार्ता मात्रै गर्ने र परिणाम ननिस्कने वार्तामा कति बस्ने सन्देश शनिबार मात्रै पौडेलसँगको छलफलमा पठाएका थिए । त्यसपछि आइतबार पौडेल अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका थिए । दोहो¥याएर परिक्षण गर्दा पनि संक्रमण नेगेटिभ नै देखिएपछि पौडेल भने फेरि राजनीतिक भेटघाटमा सक्रिय हुन थालेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस