भदौ १५ गतेसम्म हवाई उडानमा रोक लगाउने निर्णय, सीमामा थप कडाई

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, २१ : ०५
भदौ १५ गतेसम्म हवाई उडानमा रोक लगाउने निर्णय, सीमामा थप कडाई

काठमाडौ ।  सरकारले भदौ  १ गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणको साटो थप बढ्दै गएपछि सरकारले यसअघिको निर्णय पुनर्विचार गर्दै उडान नखोल्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकले सीमा नाका र उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । नाकाबाट मान्छे घुस्दा कोरोना बढेको सरकारको ठहर छ ।

प्रतिक्रिया दिनुहोस