गोंगबुमा भेटिएको विभत्स शवको पहिचान गर्न फोटो सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १४ : ४९
गोंगबुमा भेटिएको विभत्स शवको पहिचान गर्न फोटो सार्वजनिक

काठमाडौं । प्रहरीले गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान भएको छैन । शवको पहिचान नभएपछि प्रहरीले फोटो सार्वजनिक गरेको हो । आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो । 

अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

शव भेटिएको एक किलोमिटरको दुरीमा रहेका करिब १ हजार घरमा प्रहरीले सर्च अपरेशन चलाएको छ । वरपरका सिसिटिभी फुटेजबाट पनि हत्या गरेको स्थान र हत्यामा संलग्नहरुको क्लू हालसम्म प्रहरीले फेला पार्न सकेको छैन ।
 

प्रतिक्रिया दिनुहोस