यसरी गरौँ दाँतको सुरक्षा

एजेन्सी

सोमबार, २६ साउन २०७७, १२ : ४२
यसरी गरौँ दाँतको सुरक्षा

एजेन्सी । सरसफाईमा कमी तथा खानपानमा विशेष ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिने गर्छ ।

मुखको स्वास्थ्य खराब हुँदा मुटुको रोग, पेटको रोग, फोक्सोको रोग तथा लिभरको रोग पनि लाग्न सक्छ ।

दाँतको समस्याबाट मुक्ति पाउने केही उपाय छन् । जसलाई तल बुँदागतरुपमा राखिएको छ ।

दाँतको सुरक्षा गर्ने तरिका :
– ब्रस गर्दा सामान्यतया पाँच मिनेट समय दिनुपर्छ । जथाभावी ब्रस गर्दा दाँत दुख्ने समस्या आउँछ । त्यसैले समय मिलाएर बिहान र बेलुकी सधैँ ब्रस गर्ने

– सकेसम्म दाँत माझ्दा  ‘सफ्ट’ ब्रस प्रयोग गर्ने

– दाँत र गीजालाई हानी नगर्ने चिल्लो खालको टुथपेस्ट प्रयोग गर्ने 

– तातो र चिसो एकैपटक खादाँ दाँतको संवेदनशीलतामा ह्रास आउने गर्छ त्यसैले यस्तो खानेकुरा एकैपटक नखाने

– गुलियो, केमिकलयुक्त र जङ्क फुडको प्रयोगले दाँतमा ब्याक्टेरिया संक्रमण ल्याउने र दाँत दुख्न सक्ने हुनाले दिनको दुईपटक खाना खाइसकेपछि ब्रस गर्ने

– दाँत माझ्दा ब्रसलाई नघोट्ने, प्रत्यक ३ महिनामा ब्रस चेन्ज गर्ने

– हरेक ६–६ महिनामा दाँत परिक्षण गर्ने 

प्रतिक्रिया दिनुहोस