उपत्यकामा जनस्वास्थ्यको मापदण्ड पालना भएन

पत्रपत्रिकाबाट

सोमबार, २६ साउन २०७७, ०८ : ५३
उपत्यकामा जनस्वास्थ्यको मापदण्ड पालना भएन

काठमाडौं । उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको बेला जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रूपमा पालना नभएको तत्थाङ्क सार्वजनिक भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रूपमा पालना नभएको देखिएको हो । 

परिषद्का ३९ जनाको टोलीले दुई दिनसम्म लगाएर काठमाडौं उपत्यकाको तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत कार्यालय, सार्वजनिक यातायात, मठ मन्दिरलगायतका सार्वजनिक स्थलहरूमा अवलोकन विधिबाट अध्ययन गरेको थियो । अध्ययनअनुसार ४ हजार ५०२ जनामा अध्ययन गर्दा २७।१ प्रतिशतले मास्क नै नलागएको भेटिएको छ । मास्क लगाउनेमध्ये कपडाको मास्क लगाउनेको संख्या १५.८ प्रतिशत रहेको छ ।

मास्क लगाउने २ हजार ७ सय ३ जनामध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२।६ प्रतिशत रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुण्ड्याउने, हातमा झुण्ड्याउने वा मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको संख्या २७.३४ प्रतिशत पाइएको बताए । कारोबार दैनिकमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस