डिस्चार्जभन्दा संक्रमित अत्यधिक (तथ्यांकसहित)

पत्रपत्रिकाबाट

सोमबार, २६ साउन २०७७, ०८ : ०८
डिस्चार्जभन्दा संक्रमित अत्यधिक (तथ्यांकसहित)

काठमाडौं । कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ । पछिल्लो एक सातामा २ हजार ६ सय ४० संक्रमित थपिएकामा डिस्चार्ज हुनेको संख्या भने १ हजार ७ सय ५० मा रहेको छ । पछिल्लो एक सातामा ५२ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६ सय ४० संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । हाल देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा बसेका छन् । संक्रमितमध्ये हालसम्म ७५ जनाको ज्यान गएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार ३ सय ५८, मंगलबार ६५, बुधबार १ सय ३० जना डिस्चार्ज भएका थिए ।

यस्तै, गत बिहीबार २ सय ३३, शुक्रबार ४ सय २५, शनिबार ४ सय ९९ र आइतबार ४० जना डिस्चार्ज भएका छन् । पर्सा, कास्की, काठमाडौं मोरङलगायतका जिल्ला संक्रमणको दृष्टिकोणले थप जोखिममा छन् ।यस्तै, आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार काठमाडौंमा ९० र ललितपुरमा २ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस