मकवानपुरमा ७ दिनका लागि निषेधाज्ञा

रासस

आइतबार, २५ साउन २०७७, २० : ०४
मकवानपुरमा ७ दिनका लागि निषेधाज्ञा

काठमाडौँ । मकवानपुरमा आज एकै दिन  २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि  जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ ।

आज साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो । 

सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण  यही साउन २६ देखि  ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आज मात्रै प्रहरीसहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकएक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया दिनुहोस