राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट आज सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सरका देवनारायण यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका यादवको तत्काल स्थानीय युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम गइरहेको साइकलयात्रीलाई स१०प ८४९८ नंको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।
यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित पोखरीमा डुबेर एकजना बालकको समेत मृत्यु भएको छ । स्थानीयवासी राधेकुमार मण्डलको ५ वर्षीय छोरा शिवम मण्डलको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
घर नजीकैको पोखरीमा नुहाउन गएको बेला शिवम पोखरीमा डुबेको स्थानीयवासीले बताएका छन् । शवपरीक्षणका लागि गजेन्द्रनारायण सिँह अस्पतालमा ल्याएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २४ साउन २०७७, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु