यी हुन् ‘सुनमान्छे’ ज्यानमै ५५ लाखको सुन

शनिबार, २४ साउन २०७७, ०८ : २८
यी हुन् ‘सुनमान्छे’ ज्यानमै  ५५ लाखको सुन

काठमाडौं । फेसन वा गहनामा सोख भएकाले हातमा औँठी र गलामा सिक्री लगाउनु सामान्य नै हो। तर, पुरुषले हात, नाक, कानसँगै अनुहारका विभिन्न भागमा सुनका गहना लगाएको कमै देखिन्छ ।

गहनाका सोखिनमध्ये एक हुन्, काठमाडौंको जोरपाटी निवासी सुवास घिसिङ। सुवासले ५५ तोलाभन्दा बढीका सुनका गहना लगाएका छन्। अझ भन्छन्, ‘अझै धेरै सुन लगाउने रहर छ।’

धनकुटाको पाख्रीबासबाट २०४६ सालतिर सुन जोड्ने रहर बोकेर काठमाडौं झर्दा पनि उनको कानमा सुन थियो, आमाले लगाइदिएका दुईवटा मुन्द्रा। त्यसैलाई बीउका रूपमा स्वीकारेर टन्नै सुन लगाउने धोकोसहित थाले उनले संघर्ष।

संघर्ष गरेर कमाएको पैसाले सुन किन्न थाल्दा ८–१० हजारमा एक तोला आउँथ्यो। पछिल्लोपटक अर्थात् कोरोना सुरु हुनुअघि उनले सबैभन्दा महँगोमा प्रतितोला ६० देखि ६५ हजारसम्म तिरे।  

‘जब पैसा जम्मा हुन्छ र आवश्यक ठान्छु, तब सुन किनिहाल्छु,’ उनी भन्छन्, ‘मूल्य कति भनेर खासै हिसाब राख्दिनँ।’

यतिखेर प्रतितोला सुनको मूल्य लाख नाघेको छ। ५५ तोला त ज्यानमै भएका उनी फुरुंग पर्नुपर्ने हो। तर, खासै खुसी छैनन्। भन्छन्, ‘म त सुन बेच्ने हैन किन्ने मान्छे, किन खुसी हुनु १ अझै थुप्रै लगाउने इच्छा बाँकी नै छ।’  

अनुहारभरि देखिने गरी सुन पहिरिएर बस्ने गरेकाले उनलाई धेरैले ‘सुनमान्छे’ पनि भन्छन्। उनले आफ्नो गाडीमा समेत ‘गोल्डम्यान’ लेखाएका छन्। उनी आफैँचाहिँ आफूलाई सुन मान्छे मान्दैनन्। यसको कारण रहेछ। ‘शरीरका धेरै भाग अझै खाली छन्, कसरी सुन मान्छे भन्नु रु’ उनले भने।

अनुहारभरि जताजतै छेडेर सुन लगाएका कारण पहिले उनीसँग कतिपय मानिस डराउँथे। तर, पछिल्लो समय त्यस्तो छैन रे। डराउनुको सट्टा उनका अगाडि जिज्ञासासहित झुम्मिने पो बढेछन्। ‘अहिले त देख्नेबित्तिकै सेल्फी खिच्नेको भीड लाग्छ,’ उनले भने, ‘मेरो के जान्छ र रु रमाएर पोज दिने गरेको छु।’ नागरिकमा फिचर समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस