काठमाडौं । युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन् । २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ ।
नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन् । चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।
१५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन्। ६६ जना आईसीयूमा छन्। यीमध्ये ३ जना भेन्टिलेटरमा छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये बहुसंख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेरसमूहका छन्। ६० भन्दा माथिको उमेरसमूहका संक्रमितको संख्या २।१ प्रतिशत छ। १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २४ साउन २०७७, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु