प्रधानमन्त्रीका सल्हाकार विष्णु रिमालले नारायणकाजीलाई भने– पार्टी प्रवक्ताको लाज जोगाउनुस्

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १३ : ३९
प्रधानमन्त्रीका सल्हाकार विष्णु रिमालले नारायणकाजीलाई भने– पार्टी प्रवक्ताको लाज जोगाउनुस्

काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई  सार्वजनिक रूपमा पार्टी प्रवक्ताको लाज जोगाउन भनेका छन् ।

शुक्रबार बिहान नारायणकाजीलाई मेन्सन गर्दै रिमालले ट्वीट गरेका छन्– इनफ इज इनफ नारायणकाजी जी ।  कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस । ‘विधी र पद्दतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताविरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् !  मुलुक संवेदनशील मोडमा छ महसुस होस् !

रिमालले प्रवक्ता श्रेष्ठलाई के सन्दर्भमा पदको लाज जोगाउनुस् भनेका हुन् भनेर हामीले रिमालसँग बुझेउँ ।  ‘उहाँ पार्टी प्रवक्ता हुने तर गुटहरूमा सामेल हुने अनि ती गुटका भेला उहाँले विधि र पद्धतिका कुरा गर्ने । जसरी मैले बोलेका कुरा प्रधानमन्त्रीको तर्फबाट बोलेको हुन्छ, त्यसरी नै उहाँले बोलेका कुरा पार्टीको आधिकारिक कुरा हुनुपर्छ,’ रिमालले भने, ‘पार्टीमा विवाद भएका बेला प्रवक्ता त झन् सन्तुलनकारी  भूमिकामा हुनुपर्नेमा उहाँ एकपक्षीय भएकाले मैले त्यस्तो लेखेको हुँ ।’

प्रतिक्रिया दिनुहोस