फेसबुकको कारबाहीमा परे अमेरिकी राष्ट्रपति ट्रम्प

पत्रपत्रिकाबाट

शुक्रबार, २३ साउन २०७७, ०७ : ५९
फेसबुकको कारबाहीमा परे अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा पोस्ट हटाइदिएको छ । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी गलत सूचना समावेश गरेर ट्रम्पले एउटा पोस्ट सार्वजनिक गरेपछि फेसबुकले हटाइदिएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले फक्सन्युजसँगको अन्तर्वार्ताको एउटा क्लिप फेसबुकमा सार्वजनिक गरेका थिए । अन्तर्वार्तामा ट्रम्पले बालबालिकामा कोरोना भाइरसग लड्ने क्षमता बढी हुने दाबी गरेका थिए । तर अमेरिकी स्वास्थ्य अधिकारीले भने ट्रम्पले भनेजस्तो बालबालिकासँग कोरोनाप्रतिरोधी क्षमता बढी नहुने स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूको सूचनासम्बन्धी नियम उल्लंघन गरेकाले उनको पोस्ट हटाइएको फेसबुकले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस