काठमाडौं । विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला काठमाडौं उपत्यमा कोरोनाको केन्द्रजस्तै बनेको छ । कोरोना संक्रमण बढेसँगै उच्च ओहदामा आसिन व्यक्तित्व तथा उहाँहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित हुँदै छन् भने मृतकको संख्या पनि अनपेक्षित रुपमा बढ्दै छ । २४ घण्टामा ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बिहीबार नियमित प्रेस ब्रिफिङमा ३ सय ६० जना कोरोना संक्रमित हुनुका साथै ५ जनाको मृत्यु भएको जानकारी गराउनुभयो ।
मृत्यु हुनेमा मोरङ रंगेली नगरपालिका–८ का ४५ वर्षे एक पुरुष, सर्लाही मलंगवा नगरपालिका–८ की ६५ वर्षीया एक महिला, धनुषा मिथिला नगरपालिका–१० लालगढका ७२ वर्षीय एक पुरुष र सप्तरी रुपनि नगरपालिका–५ का ४२ वर्षीय एक पुरुषको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ ।
२४ घण्टामा कहाँ कहाँ संक्रमण बढ्यो
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ साउन २०७७, ०७ : ३६
लेखकबाट थप