एजेन्सी । गुजरातको अहमदाबादस्थित नवरंगपुरा इलाकामा कोभिड अस्पतालमा आगलागी हुँदा ८ बिरामीको मृत्यु भएको छ । यीमध्ये पाँच पुरुष र ३ महिला हुन् ।
एडिशनल चीफ सेक्रेटरी राजिव कुमार गुप्ताले दिएको जानकारी अनुसार श्रेय अस्पताललाई सील गरिएको छ । ४१ बिरामीलाई सरदार वल्लभ भाइ पटेल (एसवीपी) अस्पतालमा सिफ्ट गरिएको छ । शवलाई पोर्टमार्टमका लागि पठाइएको छ ।
भारतीय सञ्चार मिडिया दैनिक भास्करलाई प्रहरीले दिएको जानकारी अनुसार श्रेय अस्पतालमा बिहिबार सबेरै साढे तीन बजे आइसीयूबाठ आगलागी सुरु भएको हो । त्यसपछि आगो दोस्रो वार्डमा फैलियो । आगो सर्ट सर्किटका कारण लागेको बताइएको छ । यहाँ कोभिडका बिरामीका लागि ५० वटा बेड छ । दुर्घटनाका बेला ४० देखि ४५ बिरामी भर्ना थिए ।
मोदीले दुर्घटनामा ज्यान गुमाउने परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २–२ लाख भारु दिने घोषणा गरेका छन् । यसबाहेक दुर्घटनामा घाइते भएकाहरुलाई पचार हजार सहयोग गरिनेछ । उता मुख्यमन्त्री रुपाणीले उक्त घटनाको अनुसन्धानका लागि आदेश दिएका छन् । यो अनुसन्धानको नेतृत्व एडिशनल चीफ सेक्रेटरी संगीता सिंहले गर्नेछिन् । मुख्यमन्त्रीले तीन दिनमा रिपोर्ट पेश गर्न आदेश दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ साउन २०७७, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि