काठमाडौं । ट्रकको ठक्करबाट पश्चिम चितवनमा आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २५ अमृत चोकका ६० वर्षीय लक्ष्मण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जप्काबाट ज्योतिनगरतर्फ जाँदै गरेको ना४ख ७३६७ नम्बरको ट्रकले पैदलयात्री महतोलाई साँझ ५ः३० बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । उनलाई ठक्कर दिने ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ साउन २०७७, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु