काठमाडौं । ट्रकको ठक्करबाट पश्चिम चितवनमा आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २५ अमृत चोकका ६० वर्षीय लक्ष्मण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जप्काबाट ज्योतिनगरतर्फ जाँदै गरेको ना४ख ७३६७ नम्बरको ट्रकले पैदलयात्री महतोलाई साँझ ५ः३० बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । उनलाई ठक्कर दिने ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ साउन २०७७, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु