पार्टी एकताप्रति प्रतिवद्ध रहेको उपाध्यक्ष गौतमको दाबी

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, १३ : ३४
पार्टी एकताप्रति प्रतिवद्ध रहेको उपाध्यक्ष गौतमको दाबी

फाइल फोटो

काठमाडौँ । विवादले निकास नपाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले उनी पार्टी एकताप्रति प्रतिवद्ध रहेको दाबी गरेका छन् ।

गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार भएको भेटबारे प्रष्ट पार्दै आफूले प्रचण्डलाई पनि ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिँन’ भनेर भैँसेपाटी निवासबाट बिदा गरेको उनको सचिवालयले जनाएको छ ।

मंगलबारको भेटमा प्रचण्डले ‘अब तपाईँ के गर्नुहुन्छ ?’ भनी सोधेका थिए । त्यसको जवाफमा गौतमले ‘आफू व्यक्ति वा समूहको नभइ पार्टी एकताको पक्षमा रहेको’ बताएको उनको सचिवालयले जनाएको छ ।

यसअघि गौतमले गएको साउन १३ गते पार्टी विभाजन रोक्नका लागि भन्दै ६ बुँदे प्रस्ताव गरेका थिए । त्यसैदिन प्रधामन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावमा आफ्नो समर्थन रहेको बताएका थिए । सोही दिन गौतमलाई भेट्न ओली भैँसेपाटी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस