काठमाडौं । माडी नगरपालिका–९ वगईमा आज दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी छ वर्षीया छोरी खुसुबु रहेकी छन् ।
ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो । ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० साउन २०७७, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु