वामदेव भेट्न भैंसेपाटी पुगे अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, ११ : ५१
वामदेव भेट्न भैंसेपाटी पुगे अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । 

उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले प्रचण्ड गौतम भेट्न आएको पुष्टि गर्दै समसामयिक विषयमा नेताहरुबीच छलफल हुनु सामान्य भएको प्रतिक्रिया दिए । 

यसअघि गौतमले नेकपा विवाद उत्कर्षमा पुगेका बेला सहमतिको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेसँगै ओली गौतमलाई भेट्न उनको निवास पुगेका थिए । ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस