CG Landmark

अब ९० मिनेटमै कोरोना परीक्षण

पत्रपत्रिकाबाट

मंगलबार, २० साउन २०७७, ०७ : ४५
अब ९० मिनेटमै कोरोना परीक्षण

फाइल तस्विर

काठमाडौँ । बेलायतले आगामी सातादेखि कोरोना भाइरस (कोभिड–१९) वा फ्लु परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने भएको छ ।

उक्त विधि अस्पताल तथा केयरहोमहरूमा सुरु गरिने सरकारले जनाएको छ । हाल परीक्षणको एक चौथाइ नतिजा आउन कम्तीमा २४ घण्टासम्म लाग्ने गरेको छ ।

Yeti Diistillery Tansen Cement box

सरकारले आगामी सातादेखि अस्पताल तथा केयरहोमहरूमा झन्डै ५ लाख र्‍यापिड स्वाब टेस्ट (जसलाई ल्यामपोर भनिन्छ) उपलब्ध हुने जनाएको छ । यस वर्षको अन्त्यसम्म त्यस्ता किट अरू लाखौं बनाइने सरकारको भनाइ छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस