‘एसिड आक्रमण गर्नेलाई सजाय कम भयो’

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १४ : २६
‘एसिड आक्रमण गर्नेलाई सजाय कम भयो’

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउन निर्देशन दिएको छ । कानूनअनुसार अनुहार नै कुरुप हुने गरी एसिड आक्रमण गरेको भए ५ देखि ८ वर्ष र अरुमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय कम भएको निष्कर्ष निकाल्दै दण्ड सजायसम्बन्धी कानूनलाई समय सापेक्षा परिमार्जन गर्न निर्देशन दिएको छ । समितिले एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । 

एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ । समितिमा उपस्थित एसिड पीडित संगीता मगर, जेनी खड्का र मुस्कान खातुनले अहिलेको सजाय कम भएको बताएका थिए । 

कमजोर दण्ड सजायका कारण पनि बारम्बार एसिड आक्रमणको घटना हुने गरेको भन्दै जेनीले भनिन्, ‘अरुको जीवन बर्बाद पार्नेहरुलाई यो सजाय कम भयो, एसिड आक्रमणकारीलाई पनि एसिड नै हान्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस