बागलुङ । बागलुङको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् ।
पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने छ भने बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ ।
पहिरोले खारा बजारका अन्य सात घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन् । वर्षा हुँदा साथ आउन सक्ने पहिरोको जोखिमले स्थानीय त्रासमा छन् । जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने पुरिने जोखिममा भएपछि नौ घर परिवार विस्थापित भएको निसीखोला–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए ।
“प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ”, उहाँले भन्नुभयो, “जोखिम पछि पूर्ववत् सजगता अपनाउनु पर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिक स्थलमा बस्न भनेका छौँ ।” निसीखोलामा पछिल्लो तीन वर्षयता हुल्दी पहिरोले पनि स्थानीय आजित छन् ।
ढोरपाटन नगरपालिका–८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन् । शनिबार बिहान खसेको पहिरोले स्थानीय काली विक, पोप्ची विक, बाँवरी विक र रोशन विकको घर जोखिममा परेको हो । अहिले विस्थापित परिवार छिमेकीको सहयोगमा आश्रयमा लिएर बसेका छन् ।
अलि ठूलो वर्षा हुन साथ थप जोखिम र भयको अवस्था रहेको पहिरो प्रभावित रोशन विकले बताए । पहिरोकै कारण सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ ढोरपाटन खण्ड अवरुद्ध भएको छ ।
“अहिले गाउँ गाउँ टोल टोल र घर घरमा सडक पु¥याउनका लागि खनिएको मोटरबाटो पहिरोको मुख्य कारण बनेको छ”, उनले भने, “अब यसलाई व्यवस्थित नगर्ने हो भने ठूलो जनधनको क्षति हुने देखिएको छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ साउन २०७७, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
घोराही–थबाङ सहिदमार्गमा दुई ठाउँमा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो