काठमाडौं । वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको सङ्ख्या ह्वात्तै बढेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक कारोबार हुने निकायलाई १२ क्षेत्रमा विभाजन गरेर निकालेको उजुरी सङ्ख्याका आधारमा स्थानीय तहमा सबैभन्दा बढी २६ प्रतिशतभन्दा बढी उजुरी परेका छन् ।
गत आर्थिक वर्षका घटनामा आधारित भएर विश्लेषण गरिएको हो । तीमध्ये अधिकांश घुस लिएर भ्रष्टाचार गरेका, सरकारी सम्पत्तिको दुरुपयोग गरेका, आर्थिक अनियमित कार्य गरेका र निर्माण कार्यमा गुणस्तर नभएका जस्ता उजुरी छन् ।
बढी उजुरी परेका क्षेत्रमा स्थानीय तह अग्रपङ्क्तिमा छ भने दोस्रोमा शिक्षा क्षेत्र छ । शिक्षा क्षेत्रमा १६ प्रतिशतभन्दा बढी उजुरी परेका छन् । आयोगले यही साउनमा सार्वजनिक गरेको २९औँ वार्षिक प्रतिवेदनले यसलाई पुष्टि गरेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १८ साउन २०७७, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर, ४६ करोड बढी बिगो
पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दायर
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा
भ्रष्टाचार आरोपमा नौ जनाविरुद्ध मुद्दा
मधेसमा भ्रष्टाचार: प्रदेश सचिवसहितका कर्मचारीविरुद्ध ५१ करोडको मुद्दा दायर