डडेल्धुरा । डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आज बिहान भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो ।
भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा करिब १५ मिटर तल खसेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार माइक्रोमा रहेका १७ जना घाइते भएका छन् । गाडी चालक कैलालीको गोदावरी नगरपालिका–६ का २५ वर्षीय शिवराज फुलारा र सोही ठाउँका गाडी मालिक ३० वर्षीय हिमाल माझी घाइते भएका छन् ।
फुलारा र माझीलाई उपचारका लागि धनगढी पठाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ साउन २०७७, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु