आजको मौसम : अधिकांश स्थानमा वर्षा

विहीबार, १५ साउन २०७७, ०८ : ०९
आजको मौसम : अधिकांश स्थानमा वर्षा

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशभरको मौसम अधिकांश स्थानमा सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने  जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

यस्तै नेपालको पूर्वी तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले पनि मौसम बदली भएको हो । अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् । बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस