एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कोरोना संक्रमणको उपचारमा हाइड्रोक्लोरिसन औषधी प्रयोग गर्न मिल्ने दाबी गरेका छन । विश्व स्वाथ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य विज्ञहरु तथा वैज्ञानिक अनुसन्धान विपरित रहेको दाबी गर्दै आएपनि राष्ट्रपति ट्रम्पले पुनः कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्नु पर्ने बताएका हुन् ।
विगतमा ट्रम्पले लगातार हाइड्रोक्सिक्लोरोक्वीको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट जोगिने वा संक्रमण निको हुने बताउँदै आएका थिए । ह्वाइट हाउसमा मंगलबार पत्रकारहरु कुराकानी गर्दै ट्रम्पले कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गर्नु पर्ने र सो औषधि प्रभावकारी हुने दाबी गर्दै भने–‘मैले सुझाएका कोभिड–१९ को उपचारमा होइड्रोक्सिक्लोरोक्वीनको प्रयोग अस्वीकार गरिएको छ ।'
सामाजिक सञ्जाल ट्वीटरले ट्रम्पका जेठो छोराले हाइड्रोक्सिक्लोरोक्वीको प्रशंसा गरी बनाएको भिडियो पोस्ट गर्न प्रतिबन्ध लगाएको भोलिपल्ट उनको यस्तो भनाई आएको हो । अहिलेसम्म भएका अनुसन्धानमा हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसका संक्रमितलाई फाइदा गर्ने प्रमाण भेटिएको छैन ।
अनुसन्धान प्रतिवेदनमा यो औषधिको प्रयोगले मुटुको चालमा गम्भीर समस्या आउन सक्ने तथा अरु स्वास्थ्य समस्याहरु पनि हुने देखिएपछि अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले गएको महिना हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग नगर्न सावधान गराएको थियो । उसले कोरोना भाइरसबाट संक्रमितको उपचारमा आकश्मिक रुपमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग पनि बन्द गर्न भनेको थियो । डब्लुएचओले अहिलेसम्म कोभिड–१९ को उपचारमा यसले सहयोग गर्ने भन्ने कुनै प्रमाण नरहेको बताएको छ ।
तर अमेरिकाकै स्वास्थ्य विज्ञ, डब्लुएचओ तथा वैज्ञानिक अनुसन्धानहरुबाट मलेरियाविरुद्धको औषधि कोरोना भाइरसविरुद्धको उपचारमा प्रभावकारी नहुने देखिएको छ । यसको प्रयोगले कोरोना भाइरसबाट संक्रमितमा मुटु सम्बन्धी समस्या आउन सक्ने र कतिपय अवस्थामा मृत्युदर बढ्न सक्ने भन्दै परीक्षण बाहेकका अवस्थामा प्रयोगमा रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ साउन २०७७, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पले भने : 'यो दुःखद हो
आप्रवासीहरूलाई अफ्रिकी तथा युरोपेली देशहरूमा निष्कासन गर्ने ट्रम्पको योजना
चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु : ट्रम्प
तेस्रो कार्यकालमा रुचि छैन : राष्ट्रपति ट्रम्प
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्ज बर्खास्त
ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै