सुनील थापासहितका १४ नेता काँग्रेस प्रवेश

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, १६ : ५७
सुनील थापासहितका १४ नेता काँग्रेस प्रवेश

काठमाडौं । पूर्वमन्त्री सुनील थापासहितका १४ नेता काँग्रेसमा प्रवेश गरेका छन् । 

पार्टी प्रवेश गर्नेमा उनीसहित रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र  ईन्द्रबहनदुर तामाङ रहेका छन् ।

उनीहरुसँगै ३१ नेताले राप्रपा परित्याग गरेको भएपनि कोरोनाको महामारीका कारण सबै काठमाडौं आउन सम्भव नभएकाले आज १४ नेता मात्रै पार्टी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस