रत्ननगरमा सहकारी सञ्जाल गठन, अध्यक्षमा ऋतु गिरी चयन

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, १४ : ०२
रत्ननगरमा सहकारी सञ्जाल गठन, अध्यक्षमा ऋतु गिरी चयन

चितवन । रत्ननगर नगरपालिकामा सहकारी सञ्जाल गठन भएको छ । 

उत्पादनशील कार्यमा नगरपालिकासँग सहकार्य गर्न छरिएर रहेका सहकारीहरुलाई एकिकृत गरी सहकारीको सञ्जाल गठन गरिएको हो ।

सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको भेलाले ऋतु गिरीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
ऋतु उज्ज्वल महिला विकास वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् ।

त्यस्तै सञ्जालको उपाध्यक्षमा ओमलाल सापकोटा, सचिवमा राजेन्द्र न्यौपाने, 
कोषाध्यक्षमा हरिभक्त घिमिरे रहेका छन् । सदस्यहरुमा शिवकान्त पौडेल, पार्वती न्यौपाने, सीता रेग्मी, सानुमाया थापा मगर, फुलकुमारी लामा, केशवप्रसाद अर्याल र विमल रेग्मी छन् ।

रत्ननगरमा विभिन्न प्रकृतिका ६७ वटा सहकारी संस्था रहेका छन् । नगरभित्र २३ वटा वचत तथा ऋण सहकारी, १९ वटा कृषि सहकारी, ११ वटा दुग्ध सहकारी, ५ वटा बहुउद्देश्यीय सहकारी, ४ वटा पर्यटन सहकारी, ३ वटा सामाजिक उद्यमी सहकारी, १ सञ्चार सहकारी र १ जडीबुटी सहकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस