यस्तो छ साङ्लो धपाउने सजिलो उपाय

एजेन्सी

सोमबार, १२ साउन २०७७, १४ : ४१
यस्तो छ साङ्लो धपाउने सजिलो उपाय

एजेन्सी । गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ। अनि कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने बाध्यता आइलाग्छ।

बजारमा पाइने स्प्रेले साङ्लालाई मार्छ तर त्यसमा भएको रसायनले स्वास्थ्यलाई हानि पनि पुग्छ । केही घरेलु उपाय पनि छन्, जसले साङ्ला भाग्छन् र स्वास्थ्य पनि खराब हुँदैन ।

खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन। त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखि दिनुस्। यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस् ।

एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ।

ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्ली राख्नुस् । यसबाहेक मट्टीतेल, नीम, पुदिना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।

प्रतिक्रिया दिनुहोस