तरकारी बजारमा आगलागी

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, १४ : १७
तरकारी बजारमा आगलागी

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी भएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विद्युत् चुहिएर भएको आगलागीमा परेर आज बिहान ११ वटा पसल जलेर नष्ट हुँदा रु ५२ लाख ६३ हजार बराबरको क्षति भएको छ । 

आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, किराना पसल र होटल जलेर पूर्णरूपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीमा परेर रमा चौहान खतिवडा, कल्पना तामाङ, ओसिन श्रेष्ठ, सविता खनाल लिम्बू, ज्ञानकुमार श्रेष्ठ, अनिता आचार्जु, नीरा निरौला, इन्दिरा श्रेष्ठलगायतको पसल र पसलमा भएका विभिन्न सामग्री, पैसा, फर्निचरका सामग्रीसमेत जलेर पूर्णरूपले नष्ट भएको हो । 

स्थानीयवासी, धरान उपमहानगरपालिकाको वारुणयन्त्र, नगर प्रहरी र जनपद प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।